कालिकाेटमा जिप दुर्घटना हुँदा ११ जना घाइते



काठमाडौं ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए ।

दुर्घटना परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए ।घाइतेको हेलिकोप्टरबाट उद्दार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्