संसदीय दल गठन गर्न नेकपा (एकीकृत समाजवादी) को बैठक जारी



न्यज अफ नेपाल , काठमाडौं ।

नवगठित नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न आज बैठक बसेकाे छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो। बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए।

नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्।अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा रहेको र उनी छिट्टै नेपाल आउने बताए।आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन्।

त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने अध्यक्ष नेपाल बताउँछन्। दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने पनि उनले बताए। राष्ट्रिय सभामा पनि दलको नेता चयन गर्ने तयारी उक्त पार्टीको छ।

प्रतिक्रिया दिनुहोस्