काठमाडौंमा थप ३७० जनामा कोरोना संक्रमण पुष्टि, ९२७८ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ६७ र ललितपुरमा ११२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसँगै आज काठमाडौं उपत्यकामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, काठमाडौंमा हाल ९२७८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८३, भक्तपुरमा १४४० र ललितपुरमा २२५५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्