नेपाल बाल संगठन अहिले पनि पञ्चायती कानुनबाट सञ्चालन



यमलाल भुसाल, बुटवल ।

नेपाल बाल संगठन अहिले पनि पञ्चायती कानुनमा सञ्चालन भएको छ । मुलुकमा लोकतन्त्र र संघियता आएपनि नेपाल बाल संगठनमा त्यसको कुनै अनुभुती हुन सकेको छैन ।

नेपाल बाल संगठन जिल्ला कार्यसमिति रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सभापति साजन भण्डारीले विसं २०४९ सालको ऐन नियमवाट संस्था अगाडी बढेकोले यो संस्थामा संघीयताको अनुभुती हुन नसकेको बताउनु भयो । संस्थालाई राज्य तहबाट आर्थिक सहयोग पनि नभएको केवल आफ्नै आम्दानीबाट सञ्चालन गर्नु पर्ने अवस्था रहेको दुखेसो उहाँले गर्नु भयो ।

संगठनले राष्ट्रिय बाल दिवश २०७८को अवसरमा रुपन्देही जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । यही भदौ १८ गते रुपन्देही जिल्लामा रहेका विभिन्न विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई सहभागी बनाई तहगत रुपमा चित्रकला कविता र बाल गित प्रतियोगिता आयोजन ागर्न लागेको समेत सभापति भण्डारीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार द्धितीयलाई ५ हजार तृतीय हुनेले २ हजार ५ सय सहित मेडल प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक अन्जु श्रेष्ठ र कल्पना पाडेमगरले पत्रकार सम्मेलनमा बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्