माथिल्लो सगरमाथा भेगका तीन जिल्लाका यात्रुलाई वर्षेनी सास्ती



लिला सुनुवार, ओखलढुंगा ।

वर्षा याममा माथिल्लो सगरमाथा भेगमा रहेका तीन जिल्ला (ओखलढुंगा, सोलु र खोटाङबाट काठमाडौं लगायत विभिन्न ठाउमा यात्रा गर्ने यात्रुहरुले वर्षातका कारण बर्षेनि सास्ती खेप्नु परेको छ । वर्षेनी वर्षातको समयमा मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गत सिन्धुली जिल्लाको विभिन्न ठाउँमा पहिरो आउने समस्याका कारण यात्रुहरुले बर्षेनी सास्ती खेप्नु परेको छ ।

सुनकोसी नादीको किनारै किनार भएर सञ्चालनमा रहेको मध्यपहाडी लोकमार्ग भिरालो भूभागमा रहेको कारण ठाउँ ठाउमा पहिरो जाने र सडक भन्दा माथील्लो भागमा खनिएको साहायक सडकका कारण बर्षा याममा वर्षात हुँदा लेदो आएर सडक थुनिने भएका कारण बर्षातको समयमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

वर्षातको समयमा मध्यपहाडी लोकमार्ग सडक खण्डमा यात्रा गर्ने यात्रुहरु पहिरोको कारणले मात्रै नभै यस सडक खण्डमा रहेका मोटर पुलहरुको निर्माण कार्य समयमा सम्पन्न नभएका कारणले पनि कष्टकर यात्रा गर्न बाध्य रहेका छन । मध्यपहाडी लोकमार्गको सडक खण्डमा सोखु खोला पुल, बादुरा खोला पुल र खाङसाङ बेसीमा रहेको पुलको निर्माण कार्य समयमा सम्पन्न हुन नसकेकाले यात्रा थप कष्टकर हुने गरेको छ ।

मध्यपहाडी लोकर्माग सडक खण्ड प्रयोग गरेर यात्रा गर्ने यात्रुहरु बिगतका बर्षहरु देखी खेपी रहेका कष्टकर यात्रा बाट यो बर्ष पनि छुटकारा पाएनन् । हाल सालै निरन्तर भै रहेको निरन्तर बर्षाका कारण बिभिन्न ठाउमा गएको पहिरोले बाटो थुनिएर मध्यपहाडी लोकमार्ग सडक खण्डमा यात्रा गर्ने यात्रु हरु अलपत्र अबस्थामा रहेका छन ।

मध्य पहाडी लोकमार्गको सिन्धुलीको गोलन्जोर गाँउपालिका अन्तर्गत हैबार, कालिआँप, खुकुरेटार, कुँडुले र सुम्नामबेसीमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर सवारी साधन आवागमन रोकिएको छ । मध्यपहाडी लोकमार्गमा खसेको पहिरो बर्षा भईरहेका कारण पन्छाउन नसकिएको ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक बुद्धिमणी नेपालले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्गमा पाँच ठाँउभन्दा बढी पहिरो गएको र बर्षा नरोकिई स्काभेटरले काम गर्ने अवस्था पनि नरहेको नेपालको भनाइ छ । हाल सम्म सोलुखुम्बु, ओखलढुंगा, र खोटाङबाट छुटेका सवारी साधनमात्र ओखलढुंगाबाट बाहिरीएको र जिल्ला भित्र एउटा पनि सवारी साधन नभित्रीएको अस्थायी ट्रफिक प्रहरी पोष्ट हर्कपुर ओखलढुंगाका ट्राफिक प्रहरी साजन कार्कीले बताएका छन् ।

मध्य पहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड र विपी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तथा उदयपुर र तराईका जिल्लाबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन र राजधानीबाट ती जिल्लामा लागि छुटेका सवारी साधनबीच बाटोमा नै रोकिएर सवारी साधन र यात्रु अलपत्र परेका ओखलढुंगाबाट काठमाडौं हिँडेका यात्रुहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्