काठमाडौँ।
झापाको झापा गाउँपालिका–२, कुवाडीबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको दुई बोरा पटका प्रहरीले बरामद गरेको छ।
सोमबार (आज ) बिहान करिब ४ः३५ बजे इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त गस्ती टोलीले दुई बोरा पटका बरामद गरेको हो।
गस्ती टोलीलाई देख्नासाथ पटका बोकेर ल्याउँदै गरेका व्यक्ति बोरा छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले उक्त बोराहरू खोलेर जाँच गर्दा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका पटका करिब एक लाख रुपैयाँ बराबरका रहेका छन्। बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।
पटका ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया