यस्तो छ इन्द्रजात्राको साइत

३ गतेबाट कुमारी जात्रा



न्युज अफ नेपाल, काठमाडौं ।

पञ्चाङ निर्णायक समितिले यो वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगानाद्धारा हस्ताक्षरिक पत्रमा साइत सार्वजनिक गरेको विवरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको हो ।

साइत अनुसार २३ गते बुधबार इन्द्रजात्राको लिङगो लिन जाने साइत तय गरिएको छ । सो दिन बिहान १० बजेर ५२ मिनेट जादा बन यात्राको टोली भक्तपुर पुग्ने साइत सार्बजनिक गरिएको छ ।सोही दिन राती ७ बजेर २७ मिनेट जादा रुख काट्ने , भदौ २९ गते मंगलबार १० बजेर ३४ मिनेट जादा लिङगो नगर प्रबेश, असोज २ गते शनिबार बिहान ६ बजेर ५१ मिनेट जादा इन्द्रध्वजोत्थान गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

समितिले असोज ३ गते आइतबार देखि कुमारी यात्र गर्ने साइत तय गरेको छ । सो दिन तल्लो टोल यात्रा असोज ४ गते सोमबार माथिल्लो टोल यात्रा शुरु हुनेछ ।त्यस लगत्तै दैनिक विभिन्न किसिमको जात्रा हुनेछ । समितिले असोज ८ गते शुक्रबार नानिचा यात्रा र सोही दिन राती १० बजेर ३६ मिनेटको साइतमा इन्ज्रध्वज पातन गर्ने कार्यक्रम रहेको छ । समितिले असोज २३ गतेबाट शुरु हुने जात्रा असोज ८ गते अन्त्य हुने साइत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्