आफू पक्षीय जिल्ला सभापतिहरुसँग छलफल गर्दै पौडेल



काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको बैठकमा धर्नमा बस्दै आएका जिल्ला सभापतिहरु पनि सहभागी भएको जनाइएको छ ।क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने तथा जिल्ला सभापति उठ्नेको मापदण्ड एउटै हुनुपर्ने मागसहित आन्दोलित भएकाहरुको माग आंशिक पूरा भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे बैठकले धारणा तय गर्ने जनाइएको छ ।

बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्। जिल्ला सभापतिहरु माग अनुसार नै क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको कांग्रेस संस्थापन पक्षले जनाएको छ । प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्