काँग्रेस अधिवेशन : ३८ जिल्लामा खटिए निर्वाचन अधिकृत (सूचीसहित)



रामकृष्ण चपागार्ईं, काठमाडौं ।

अबको एकसातापछि तल्लो तहको अधिवेशन शुरु गर्न लागेको सत्ताधारी दल नेपाली काँग्रेसले जिल्ला– जिल्लामा निर्वाचन अधिकृत खटाउन थालेको छ । साथै निर्वाचन अधिकृत खटाएको जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गर्न थालेको छ ।

केन्द्रिय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए अनुसार अधिवेशनका लागि शुक्रवार खटाइएका निर्वाचन अधिकृतहरु  आइतवारसम्म राजधानीबाट जिल्ला हिडिसक्नेछन् । अहिले खटाइएका मध्य पश्चिमी जिल्लाका कतिपय निर्वाचन अधिकृतहरु भने जिल्लामै रहेका छन् ।

निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्रका साथै निर्वाचन निर्देशिका, क्रियाशिल सदस्यको सुची लगाएत आवश्यक निर्वाचन सामाग्री सहित पठाईएको छ पहिलो चरणमा खटाइएको जिल्ला निर्वाचन अधिकृत अधिकांश कानुन व्यवसायी छन् ।

खोटाङ जिल्ला खटिएका विकास भट्टराईले जानकारी दिए अनुसार निर्वाचन अधिकृतले जिल्ला गएर प्रत्येक आवश्यक वडामा मतदान अधिकृत तोक्नु पर्छ । वडा अधिवेशन भदौ १८ गते छ । डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) का सदस्य शिक्षक संघका प्रतिनिधि लगाएतलाई वडा अधिवेशनको लागि मतदान अधिकृत तोकि प्रत्यक वडामा खटाउने काम पनि जिल्ला निर्वाचन अधिकृत कै रहेको छ ।

केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार वडा अधिवेशन सम्पन्न भएपछि गाउ/नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्ने गर्ने जिम्मेवारी पनि जिल्ला निर्वाचन अधिकृतको छ । शुक्रवार खटाइएका जिल्ला निर्वाचन अधिकृतहरुलाई दिइएको नियुक्ति पत्रमा पाउने सेवा सुविधा उल्लेख नगरिएको एक निर्वाचन अधिकृतले बताएका छन् ।

नियुक्तिपत्र बुझ्न पार्टी केन्द्रिय कार्यालयमा रहेको केन्द्रिय निर्वाचन समिति पुगेका जिल्ला निर्वाचन अधिकृतहरुलाई आज आइतवार सम्म बैक वा आइएमई मार्फत रकम उपलबध गराउने भनिएको छ । पेश्की रकम कति दिने र जम्मा रकम कति दिने भन्ने बारेमा शुक्रवार सम्म निर्णय भैनसकेको एक निर्वाचन अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्