पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७५२ जनाको पीसीआर परीक्षण गर्दा १५७७ र ४३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट आज थप २५ जनाको मृत्यु भएको छ भने २३३७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्