थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु



न्युज अफ नेपाल , काठमाडौं ।

नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ५२ र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ।बिहीबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्