अफगानिस्तान कब्जा गरेपछि यसरी रमाउँदै तालिबानीहरु (भिडियोसहित)



न्युज अफ नेपाल ,काठमाडौं ।

अफगानिस्तानमा इस्लामिक सशस्त्र समूह तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमाचौकी आफ्नो कब्जामा लिएको छ ।

सीमाचौकी कब्जामा लिएर आफ्नो झण्डा फहराएको तस्बिर र भिडियो तालिबानीहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा देशको कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा तालिबानीहरुको सेतो झण्डा फहराइरहेको देखिएको छ ।

तालिबानीहरुले इरान, ताजिकिस्तान र तुर्केमिनिस्तानका सीमा नाकामा रहेका चौकीहरु समेत अफगानिस्तानका सरकारी फौजबाट खोसेर आफ्नो नियन्त्रणमा लिइरहेका छन । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले धामाधम सरकारी अड्डाहरु कब्जा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्