आलुसहित १०४ किलो गाँजा बरामद



हेटौंडा, ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा–३, दोबाटोस्थित सडकखण्डमा प्रहरीले डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको मिनीट्रकबाट गाँजा बरामद गरेको छ ।

ना ७ ख ७६६४ नम्बर मिनीट्रक चेक गर्दा उक्त मिनीट्रकमा आलुको बोरासँगै लुकाइल्याएको गाँजा मंगलबार साँझ करिब ७ बजे बरामद भएको हो  ८ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हुनाले ट्रकचालक मकवानपुरको गढी गापा वडा–८, बुढीचौर बस्ने वर्ष ४१ का अम्बरबहादुर घिसिङलाई लागुऔषध गाँजा र मिनीट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्