सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु



सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस दुर्घटना हुँदा दुई जनाको ज्‍यान गएको छ । बुधबार मध्यान्‍न ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हो ।

दुईजनाको पुरुषको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट वडाध्यक्ष रामहरी खड्काले जानकारी दिनुभयो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परि २५ भन्दा बढी घाईते भएको र उनिहरुलाई तत्काल उद्दार गरि उपचारका लागि पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्