भेरी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



बुटवल ।

भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्