रौतहटका एसपी प्रहरी प्रधान कार्यालयमा तानिए



सञ्जय कार्की , रौतहट ।

निर्दोष पत्रकारलाई लागुऔषधमा फसाएको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाह लाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएकोे छ । काठमाण्डौ तानिएका छन ।

पछिल्लो घटना क्रममा जोडेर प्रहरी उपरिक्षक शाह लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौ ताएिको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । गत साउण ३२ गते रौतहटको सदरमुकाम गौर स्थित ग्रीन सिग्नल होटल अगाडी पार्किङ्ग गरिराखेको पत्रकार मोहम्मद मोजिबुल्लाको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लान्ट’ (राखेको) सिसिटिभी फुटेज बाट प्रमाणित भएपछि छानबिनको लागि प्रहरी उपरिक्षक शाह लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौ तानिएको हो । प्रहरी प्रधान कार्यालय काठमाण्डाले घटनाको अध्यन र छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ ।

समितिमा कानूनी शाखाका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् । यस अघि जिल्ला प्रहरी कार्यालय रौतहट गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक सिध्दी बिक्रम शाहले घटनामा सहयोगी भुमिका निभाएका घुमुवा प्रहरी सहायक निरिक्षक उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरेको बताउनु भएको थियो ।

यस्तै नियोजित तबरले मोटरसाईकलमा प्रतिबन्धित लागुऔषध राख्ने धिरज यादव र जितेशकुमार यादव लाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरिसकेको छ । निर्दोष रहेका पत्रकार मोहम्मद मुजिबुल्लाह र उनका सहयोगी शेष अतिउल्लाह रिहा भएका छन । प्रहरी हिरासत बाट छुटकारा पाएका पत्रकार मोहम्मद मुजिबुल्लाले आफुलाई हिरासतमा प्रहरी नायब उपरिक्षक नारायण चिमरियाले दुब्र्यबहार र मानसिक यातना दिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्