काठमाडौंमा ८ बजेपछि सवारी सञ्चालनमा लगाएको रोक हट्यो



काठमाडौं ।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्दै सवारी साधन सञ्चालनमा लगाएको रोक हटाएको हो। “भोलिदेखि राति पनि सवारी साधन सञ्चालन गर्न पाइने निर्णय गरेका छौं,” ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

यसअघि काठमाडौं उपत्यकामा राति ८ बजेपछि निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको थियो। यसको सबै क्षेत्रबाट विरोध भएको थियो।कोभिड-१९ संक्रमणको जोखिम कम नभएको भन्दै निषेधाज्ञा भने १० दिन थपिएको छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १६ भदौसम्म निषेधाज्ञा थपेको हो।

प्रतिक्रिया दिनुहोस्