कोरोना महामारीले थला परेका नागरिकहरुलाई राहतका प्याकेज ल्याउन मागः पूर्व गर्भनर डा. नेपाल



यमलाल भुसाल, बुटवल ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवि नेपालले सरकारले पुजिगत खर्चमा जोड दिनुपर्ने बताउनु भयो ।उहाँले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्नेमा जोड दिनु भयो ।

मंगलवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनु भयो ।मुलुकको अर्थतन्त्र अगाडी बढाउन तिनाउ डाईभर्सन राम्रो विकल्प रहेको समेत औल्याउनु भयोे । उहाँले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुंङ मार्गको कामलाई छिटोभन्दा छिटोअगाडी बढाउन सुझाव दिनु भयो ।

बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५र७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको दुखेसो उहाँले पाख्नु भयोे । पूर्व गर्भनर डा. नेपालले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने धारणा राख्नु भयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले प्रदेशको विकास र समृद्धिको लागि अध्यादेशबाट ल्याएको बजेटलाई पुर्नस्थापन गरेर नयाँ बजेट ल्याउन वजेट बनाउन लागि परेको बताउनु भयो ।

मन्त्री खड्काले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको पनि बताउनु भयो् । बोल्दै लुम्बिनी सरकारका प्रवक्ता खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताउनु भयो । उहाँले भन्नु भयोे, ‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुर्याओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’
मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गर्नु भयो । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्