पहिरोको कारण अवरुद्ध भएको पासाङल्हामु राजमार्ग खुल्यो



सरस्वती न्यौपाने, रसुवा ।

लगातार बर्षाको कारण धुन्चे ठुलोभार्खु बिचको पहिरोका कारण अबरुद्ध भएको पासाङल्हामु राजमार्ग संञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने खोपाङमा सोमवार करिब १२स्३५ को समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भई सवारी आवतजावत र पैदल हिडन समेत कठिइन भएको थियो। मंगलबार विहान देखि व्रेक्ररको साहेताले दिउँसो करिव१स्३५ बजेको संञ्चालनमा आएको हो ।

राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन बीचबाटामै अलपत्र परेका हरू आफ्नो गन्तव्य तर्फ गईसकेका छन । उत्तरी रसुवामा आकस्मिकरूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुन्चे ल्याउन समस्या उत्पन्न भएको मा पहिरो पन्छाएपछि सहज भएको छ।

आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुन्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर लाई झिकाएर पहिरो पन्छाउन लगाईएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो जानकारीअनुसार स्याफ्रुबेँसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मङ्गलवार सम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्धता जनाए अनुसार नै वाटो खुलाईएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्