वाईसिएलका जिल्ला अध्यक्ष कांग्रेसको भातृ संगठन तरुण दलको उपसंयोजक



बासुदेव शर्मा, जाजरकोट  । 

जाजरकोट माओबादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिक वाईसिएलका जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाण्डौमा आईतबार आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसिएलका जिल्ला अध्यक्ष भिम बहादुर जिसीले माओबादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसमा प्रबेश गरेका भिम बहादुर जिसीलाई काग्रेस केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीबन बहादुर शाहीले सदस्यता दिएर स्वागत गर्नु भएको हो । नेपालमा लोकतन्त्र देश जनताका अधिकार धरापमा परेको बेला कांग्रेसले नेतृत्व गर्नु पर्ने अवस्था आउने गरेकोले नेपाली कांग्रेस विचार सिद्धान्त र आस्थाका माध्यामबाट लोकतन्त्र समाजबादको लक्ष्य प्राप्तिमा जिसीको भूमिका उदाहरणीय रहने बताउदै युवाहरु लामबद्ध भएर लोकतन्त्रको रक्षाका निम्ति काग्रेसको बाटो रोजेकोनेता शाहीले बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता मुक्ति प्रसाद आचार्य, जिल्ला सचिव खडक बिसी नेपाल विद्यार्थी संघका अध्यक्ष ललित वस्तेत शिक्षक संघका केन्द्रिय सदस्य धिरेन्द्र शाह लगाएको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसमा प्रबेश गरेका जिसीलाई तरुण बिभाग कर्णाली प्रदेशको उपसंयोजकको जिम्मेवारी दिएको केन्द्रिय सदस्य तथा तरुण बिभागका केन्द्रिय संयोजक शंकर भण्डारीले बताउनु भयो ।

माओबादी केन्द्रको महत्वपुर्ण संगठन वाईसिएलको जिम्मेवारी पाएका लामो समय देखी युवा अभियानको नेतृत्व गरेकोले सम्मान स्वरुप नेपाली कांग्रेस पार्टीमा महत्वपुर्ण जिम्मेवारी दिएको बताउनु भयो । माओबादी केन्द्र सांगनिक बैचारीक रुपमा बिचलित भएको बिलासी जिवनयापन गर्न लागेकोले लोकतन्त्रको रक्षाको लागी अन्तिम अवस्थामा लडाई लड्ने पाटी काग्रेस रोजेको नवप्रबेशि जिसीले बताउनु भयो ।

लोकतन्त्र जनताको शासन र हक अधिकारका बिषयमा बास्तविक रुपमा लड्ने पार्टी नेपाली कांग्रेस भएको घटनाक्रमले पुष्टि गरेकोले कांग्रेसमा प्रबेश गरेको बताउदै माओबादीका अन्य कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको जिसीले वताउनु भयो ।लोकतन्त्र र जनताको अधिकार रक्षाका लागी काग्रेसमा आउनेलाई सम्मान स्वरुप क्षमता दक्षता अनुसार बिभाग दिने नेपाली कांग्रेसका युवा नेता मुक्ति प्रसाद आचार्यले वताउनु भयो । जिसीले नेकपा माओबादी परित्याग गरि कांग्रेसमा परिबेश गरेपछि माओबादी केन्द्रलाई ठुलो झट्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्