माओवादी केन्द्रको प्रश्न: एउटा दलको सदस्यलाई अर्को दलले कारवाही गर्न मिल्छ ?



यमलाल भुसाल , बुटवल ।

लुम्बिनी प्रदेश सभामा बैठक अवरोध गर्दै एमालेका सांसदले नारा लगाइरहेका बेला माओवादी केन्द्रले एउटा दलको सांसदलाई अर्को दलले कारवाही गर्न मिल्छ भन्दै प्रश्न गरेको छन ।

आफ्नो पार्टीले २ सांसदलाई कारवाही गरेको सूचना प्रदेश सभामा दिनुपर्ने माग गर्दै विपक्षी एमालेले प्रदेश सभा बैठक अवरोध गरिरहेको छ ।विपक्षीले नाराबाजी गरिरहेका बेला माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले विमलाकुमारी खत्री आफ्नो दलको सदस्य भएकाले अर्को पार्टीले कारवाही गर्न नसक्ने बताउनुभयो ।

’हाम्रो पार्टीको सदस्य विमला खत्रीको बारेमा जुन कुरा उठाउनु भएको छ । एउटा दलको सदस्यलाई अर्को दलले कारवाही गर्न मिल्छ कि मिल्दैन।’ उहाँले भन्नु भयोे ’यदि मिल्ने नै हो भने हामीले पनि उहाँहरुको दलकोलाई कारवाही गर्छौं चिठी दिन्छौं । त्यो टाँस्नुभएन भने हामीले पनि सदन अवरुद्ध गर्छौं भन्दै चेतावनी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्