विज्ञान फिल्डमा आधारित अनुसन्धानको महत्वबारे वेबिनार



काठमाडौं ।

वाशिंगटन विश्वविद्यालयको सहयोगमा नेपाल इन्जिनियरिङ कलेज, प्राकृतिक श्रोत व्यवस्थापन कार्यक्रम (एमएसी एनआरएम) ले ‘बुश टु बेन्च टु बेड: द क्रिटिकल रोल अफ फिल्ड रिसर्च इन बायोडाइवर्सिटी कन्जर्भेसन एण्ड ट्रान्सलेशनल साइन्स’ विषयमा एक वेबिनार कार्यक्रमको आयोजना गरेको छ ।

वेबिनारका मुख्य प्रस्तुतकर्ता प्राध्यापक डा -याण्डल सी कायजले जैविक विविधताको स्थिति पत्ता लगाउन दीर्घकालीन निगरानी धेरै महत्वपूर्ण रहेको बताए । उनले विभिन्न देशहरुमा आफ्नो अनुसन्धान अनुभव प्रस्तुत गरेर मानवबाट वन्यजन्तुमा हुने सम्भावित जुनोटिक रोगहरु बारे जोड दिए । काठमाडौ उपत्यकाका बाँदरहरुमा भएको मेथिसिलिन–प्रतिरोधी स्टेफिलोकोकस आरियस (एमआरएसए) अनुसन्धान (अनुसन्धान जहाँ एमएससी एनआरएम एनईसी सीपीएस एक सहयोगी साझेदार हो) बारे बोल्दै उनले काठमाडौ उपत्यकाका बाँदरहरुमा मानबबाट एमआरएसए ब्याक्टेरिया सरेको प्रमाण भेटिएको जानकारी दिनुभयो ।

 

मानव र वन्यजीव अन्तरक्रियाबाट वन्यजन्तुको लागी सम्भावित खतराको सचेत गराउन्दै उनले भने, त्यसैले वन्यजन्तु र जैविक विविधता विषयमा निरन्तर अनुसन्धानको आवश्यकता छ ।वेबिनारमा डा -याण्डल, डा नारायणप्रसाद कोजू कार्यक्रम समन्वयक एमएससी एनआरएमद्वारा समन्वय गरिएको थियो । वेबिनारमा विभिन्न कलेजहरुबाट स्नातक विद्यार्थीहरु भाग लिएका थिए। एनईसी सीपीएस जैव विविधता संरक्षण र प्राकृतिक श्रोत व्यवस्थापनको बिभिन्न बिषयहरुमा नियमित रूपमा वेबिनार श्रृंखलाको आयोजन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्