काठमाडौंमा थप ३९५ जनामा कोरोना संक्रमण पुष्टि, ७४२० सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं थप ३९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सँगै आइतबार काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्