प्रहरीकै योजनामा लागुऔषध राखेर पत्रकार पक्राउ गरेको खुलासा



सञ्जय कर्की , रौतहट ।

रोकिराखेको मोटरसाईकलमा प्रतिबन्धित लागुऔषध नाईट्रोभेट राख्न लगाएर एक जना संचारकर्मी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ३२ गते सदरमुकाम गौरस्थित वडा नम्बर १ बाट प्रतिबन्धित लागुऔषध १ सय ५ टयाबलेट ‘नाइट्राभेट’ सहित पक्राउ गरिएका ईशनाथ नगरपालिका–८ निबासी रौतहट एक्स प्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह र राजपुर नगरपालिका–७ का शेख गुलाब अति उल्लाह चढने मोटरसाईकलको लेगार्ड मुनी जिल्ला प्रहरी कार्यालय रौतहटमा घुमुवाको रुपमा कार्यरत प्रहरी सहायक निरिक्षक उदय यादब र प्रहरी जवानमनोज साहको योजनामा लागु औषध राख्न लगाएर पक्राउ गरिएको खुल्न आएको छ ।यस्को बास्तबिकता नजिकै रहेको सिसिटिभी क्यामरामा कैद भएपछि फर्दा फास भएको हो ।

नेपाल पत्रकार महासंघ रौतहटले सिसिटिभी क्यामरामा कैद भएको दृश्य सार्बजनिक गरेपछि घटनाले अर्कै मोड लिएको छ ।नेपाल पत्रकार महासंघ रौतहटले सिसिटिभी क्यामरामा कैद भएको दृश्य सार्बजनिक गरेपछि निर्दोष ब्यक्तिलाई फसाउन रोकि राखेको मोटरसाईकमा प्रतिबन्धित लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाइ प्रहरीले पक्राउ गरेको हाे ।

पत्रकार मोहम्मद मुजिबुल्लाहलाई विज्ञापन प्रशारित गर्न रौतहटको सदरमुकाम गौरस्थित वडा नम्बर १ मा रहेको ग्रीन सिग्नल होटलका संचालकले बोलाएर साढे दुई घण्टा खाजा खुवाएर अल्झाएको र सोही समयमा योजना सहित मोटरसाईकलको लेगार्ड मुनी प्रतिबन्धित लागु औषध नाईट्राभेट ७ पतामा १ सय ५ टयाबेलट राखेको पाइएको छ । योजना सहित विज्ञापनको लागि बोलाएर खाजा खुवाउने होटलका संचालक भने पक्राउ परेका छैनन । उनी बीआर ३० १८८७नम्बरको मोटरसाईकल चढदै आएका छन । रहश्यमय योजना बाट पक्राउ परेका पत्रकार मोहम्मद मुजिबुल्लाहले आफनो अनलाईन मार्फत ती घुमुवा प्रहरीको केही दिन अघि समाचार लेखेको र सोही बदला स्वरुपउनलाई नियोजित रुपमा फसाउन पक्राउ गरिएको हुन सक्ने नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो ।

प्रदेश प्रहरी प्रमुख उमेश रन्जितकारले यस घटनालाई आफुले गम्भिरतापुर्बक लिएको र दोषिलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । प्रहरी नायब उपरिक्षक नारायण चिमरियाले घटनाको बास्तबिकता बाहिरिएपछि यस्को अनुसन्धानमा लागिएको बताउनुभयो । प्रहरीको प्रति शोधपुर्ण व्यवहारको सर्वत्र  निन्दा र आलोचना भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब पुरीले अपराध नियन्त्रण गर्नु पर्ने सुरक्षाकर्मी बाट दुराशयपुर्ण कार्य हुनु आपती जनक रहेको बताउनु भयो । पत्रकार मोहम्मद मुजिबुल्लाहले आफुलाई षडयन्त्र पुर्बक फसाइएको प्रतिक्रिया दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्