काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि, ७६६३ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ८१ र ललितपुरमा १०३ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै शनिबार उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हाल काठमाडौं उपत्यकामा ११ हजार ४ सय ३६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ७६६३, भक्तपुरमा १४८१ र ललितपुरमा २२९२ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्