ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

ललितपुर प्रमुख भन्छन्, ‘ नयाँ योजना लिएर जुम्ला जान्छौँ’



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रुमख कान्तिका सेजुवालले भगिनी सम्बन्ध ९सिस्टर सिटी रिलेसन० समझदारी पत्र ९ एमओयू० मा हस्ताक्षर गरेका थिए ।

अब ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच योजना तथा कार्यक्रमको आदानप्रदान, संस्कृति, परम्परा संरक्षण गर्ने तरीका तथा अन्य क्षेत्रका अनभुव र सीप साटासाट हुने ललितपुर नगरप्रमुख महर्जनले बताए ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको प्रस्तावमा ललितपुर महानगरले चन्दनाथ नगरसँग भगिनी सम्बन्ध जोडेको हो । विश्वका अन्य मुलुकसँग भगिनी सम्बन्ध कायम राखेपनि ललितपुरले देशभित्रका अन्य स्थानीय तहसँग यस अघि भगिनी सम्बन्ध कायम राखेको थिएन । चन्दननाथ नगरपालिकासँग यो सम्बन्ध जोड्न पाएकोमा अत्यन्तै खुशी लागेकोे ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने,‘ यो सम्बन्ध जोड्न पाउँदा हामी निकै खुशी छौं,अब हामीले एकअर्कालाई दुःख सुखमा साथ दिने छौं । ’

आफ्नो नगरमा भएका विकासका योजना तथा कार्यक्रमहरु चन्दननाथ नगरपालिकालाई सिकाउने बताउँदै नगरप्रमुख महर्जनले छिट्टै नयाँ योजना लिएर जुम्ला पुग्ने बताए । भगिनी सम्बन्ध कायम गरेर ललितपुर महानगरसँग सहकार्य गर्ने योजना बनाएकी चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले ललितपुरले आफ्नो प्रस्ताव स्वीकार गरेकोमा खुशी व्यक्त गरिन् ।

उनले भनिन्, ‘ ललितपुर महानगरसँग मितेरी साइनो जोड्न पाउँदा खुशी लागेको छ , हाम्रा अनुभव र कार्यक्रम साटासाट गर्दा हामी समृद्ध हुनेछौं ।’ नगरप्रमुख सेजुवालले जुम्लाले हासिल गरेका अनुभव ललितपुरलाई सिकाउने र ललितपुरबाट पनि धेरै कुरा सिक्ने बताइन् ।

समझदारी पत्रमा दुबै नगरले प्रदान गर्ने सेवा तथा काम कारबाहीका बारेमा अन्तक्र्रिया गर्ने,दुबै पक्षबाट संचालन हुने कार्यक्रममा सहभागिताको लागि आव्हान गर्ने, दुबै पक्षका कर्मचारीले काम कारबाहीबारे अनुभव साटासाट गर्ने , नीति, कार्यक्रम , पाठ्यसामग्री साटासाट गर्ने, दुबैका वेभसाइट लिंक गर्ने, भौतिक संरचनाको विकासमा सहकार्य गर्ने र प्रारम्भिक सहयोग आदानप्रदान गर्ने लगायतका विषयहरु उल्लेख छन् ।

कार्यक्रममा उपप्रुमुख गीता सत्यालले संस्कृति, परम्परा संरक्षणका विषय र विकास निर्माणका अनुभव साटासाट गर्न यो सम्बन्ध महत्वपूर्ण हुने बताइन् । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द चौलागाईले दुरदराजको नगरपालिकाले उपत्यकाभित्रको कला, संस्कृति र सम्पदाले सम्पन्न नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल अन्य शाखा, महाशाखाका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्