२ लाख ४० हजार पीस मदिरामा टास्ने नक्कली स्टिकरसहित २ पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको २ लाख ४० हजार पीस मदिराको बोटलमा टास्ने नक्कली स्टिकर सहित २ जनालाई सशस्त्र प्रहरी बल २७ नम्वर गण रुपन्देहीले नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि नक्कली स्टिरको तस्करी गर्दै आएका सहीद अन्सारी र अमानत अलीलाई पक्राउ गरेको सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।

पक्राउ परेका अन्सारी र अलीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा यस अघि पनि यस्तो अबैध काम गरेको स्वीकर गरेको उहांले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त नक्कली स्टिकर नेपालमा उयत्पादन हुने निम्नकोटीको मदिराको बोटलमा टास्ने गरिएको पनि एसपी उप्रतीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त स्टिकर बजारमा पुगेको भए सरकारले अन्तशुल्क १ करोड ९४ लाख, भ्यान ३१ लाख र आयकर १० लाख गुमाउने थियो । आन्तरिक राजश्व कार्यालय रुपन्देहीले भने उक्त कामको सशस्त्र प्रहरीको प्रसंसा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्