राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्