माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी) ,महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी



न्युज अफ नेपाल ,काठमाडौं ।

एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

तर, अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।यसैगरी महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।निर्वाचन आयोगको सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएका कारण दुबै दलले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्