सुख्खा पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाईते



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीमा ग्यारेज माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
वारीबेनीमा रहेको रारा अटो मोवाइल्समा माथिबाट खसेको पहिरोमा पुरिएर गाडी मर्मतका लागि आएका एक चालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका हुन् ।

गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ नम्बरको बोलेरो जीप चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका अन्दाजी ३७ वर्षका टेकमान गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ साढे पाँचबजेको समयमा गाडी मर्मतका लागि आएका जिपको धनी समेत रहनुभएका घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि भाग्ने क्रममा अन्य दुई जना मजदुरपनि घाइते भएका छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी मर्मत गरिरहेको अवस्थामा एक्कासी ग्यारेज माथि रहेको ढिस्को सहितको पहिरो खसेर ग्यारेज पुरिएको थियो । पहिरोले ग्यारेजका साथै अर्को एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्