हल नखुलेपछि उल्झन युट्युबमै रिलिज



परदेशमा नेपाली युवाले भोग्ने पीडा र दुःखका कथा समेटिएको फिल्म उल्झन युट्युबमा रिलिज गरिएको छ। राजु अधिकारीद्वारा निर्देशित यो फिल्म कोभिड महामारीका कारण थिएटरमा रिलिज हुन नसकेपछि युट्युबमा रिलिज गरिएको हो।

आशुतोष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथा प्रस्तुत गरिएको छ। तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुंगाना, दीपक ढकाललगायतका कलाकारको अभिनय रहेको छ।

नवीन अधिकारी र हरि कार्कीले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा हीरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन रहको छ। निर्देशक अधिकारीको अर्को फिल्म माया बस्छ कि के हो रिलिजको तयारीमा छ। युरोपका विभिन्न स्थानमा छायांकन भएको फिल्म युरोपका विभिन्न देशका साथमा लन्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्