३ हजार २७४ कोरोना संक्रमित थपिए, २७ को मृत्यु



न्युज अफ नेपाल , काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्