नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ



काठमाडौं ।

प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमति वद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संवधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्