जसपाकाे ठाकुर पक्षद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत, छिट्टै नयाँ दल दर्ता गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल, जसपाको महन्थ ठाकुर पक्षले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत गरेको छ । जसपाको महन्थ पक्षका नेता तथा सांसद लक्ष्मणलाल कर्णले दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छ ।

उनले अध्यादेश आएसँगै आफूहरु नयाँ दल गठनको गृहकार्यमा जुटेको पनि बताएका छन् । नेता कर्णले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै छिट्टै नयाँ दल दर्ता गर्ने समेत बताएका छन् ।

उनले भने,‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत काम हो । संविधानले यो अधिकार दिएको छ । अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें,यदि आएको हो भने संविधानसम्मत हो । प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै,कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु,यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन । तर,निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं ।’

प्रतिक्रिया दिनुहोस्