लुम्बिनीमा जसपाले कल्पनाको ठाउँ निर्मलालाई ल्याउने निर्णय



यमलाल भुसाल,बुटवल ।

पार्टीको अनुशासन विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टी लुम्बिनीले कल्पना पाण्डेलाई कारवाही गरेपछि प्रदेश सभामा निर्मला मुठ्भरी भट्टराईलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

यसअघि सांसद कल्पना पाण्डेयले पार्टी निर्णय र ह्वीप उल्लंघन गर्दै नेकपाएमाले का मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै पाण्डेलाई कारबाही गरेको थियो । पाण्डेको ठाउँमा रुपन्देहीको सियारी गाउँपालिका छपियाकी निर्मलालाई सिफारिस गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति वैठकले सोमबार यसबारे निर्णय गरेको र मंगलबार निर्वाचन आयोगमा पार्टीको सिफारिस दर्ता गरिएको यादवले बताउनु भयो । लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद मध्ये कल्पना सहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादव कारबाहीमा परेका थिए । पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद हुन भने कल्पना समानुपातिक सांसद हुन ।

प्रतिक्रिया दिनुहोस्