केन्पो खुकुरी मार्शल आर्टको बुटवलमा साताव्यापी प्रशिक्षक प्रशिक्षण शुरु



यमलाल भुसाल , बुटवल । 

रुपन्देहीको बुटवलमा पहिलो पटक नेपाल भरीका केन्पो खुकुरी मार्शल आर्ट खेलका प्रशिक्षकको प्रशिक्षण शुरु भएको छ । सात दिन सम्म यो प्रशिक्षण सचालन हुने छ ।जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि शुरु भएको प्रशिक्षण कार्यक्रम एक हप्ता सम्म संचालन हुने छ ।

केन्पो खुकुरी खेलबारे सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागी भएका छन । यो करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने खेल हो । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका अध्यक्ष पुर्ण पाण्डेले प्रशिक्षक प्रशिक्षण कार्यक्रमसंगै राष्ट्रिय खेलको तयारी पनि भएको बताउनु भयो । उहाँले केन्पो मार्शल आर्ट विश्वका ७२ वटा देशमा शाखा रहेको र खुकुरी मार्शल अबका दिनमा सहभागिता गराउने प्रकिृयामा रहेको बताउनु भयो ।

प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईने बताउनु भयो । बिहान ६ बजेबाट शुरु भएर दिउँसो प्राक्टिकल गरिने छ । बुटवलमा धेरै खेलहरुमध्ये यो नया विधा भित्राउन सफल भएको भन्दै यसबाट थप हौसला मिलेको बताउनु भयो ।प्रशिक्षक प्रशिक्षण कार्यक्रममको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घघाटन गर्दै खेलमार्फत विश्वमा नै देशलाई चिनाउन सकिने बताउनु भयो ।

लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताउनु भयो । प्रशिक्षणमा केन्पोका प्रशिक्षक रमेश निरौला, र राजकुमार पाण्डेले प्रशिक्षण प्रदान गर्नु हुने छ । कार्यक्रममा खेलाडीहरुले राष्ट्रिय गितमा सामुहिक काता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्