एमाले विभाजन गर्न अध्यादेश ल्याउदै देउवा सरकार



न्युज अफ नेपाल ,काठमाडौं ।

संसद अधिवेशन अन्त्य गरेर सरकारले दल बिभाजन संवन्धित अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाउनु भएको छ ।

आज नै दल बिभाजन सम्वन्धि अध्यादेश जारी गर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिभाजन गर्ने गरी उक्त अध्यादेश सरकारले ल्याउन लागेको बालुवारटार स्रोतले जानकारी दिएको छ ।नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा नयां दल गठन हुने भएको छ ।नेपाल सहितको गठवन्धन सरकारमा सहभागी हुनकालागि दल बिभाजन संवन्धित अध्यादेश ल्याउन लागेको बताइएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले मधेशवादी दल जनता समाजवादी दल बिभाजनाकालागि अध्यादेश ल्याएर दल बिभाजन गर्न खोज्दा चर्को आलोचना भएपछि सरकारले बाध्य भएर उक्त अध्यादेश फिर्ता लिएको थियो ।

एमाले बिभाजन गर्न बर्तमान अवस्थामा संभव नभएपछि अध्यादेश मार्फत दल बिभाजन संवन्धि अध्यादेश ल्याउन लागिएको हो । हाल संसद र केन्द्रिय समितिमा नेपाल पक्षको ४० प्रतिशत संख्या अपुग भएपछि नेपाल समूहलाई सजिलो हुने गरी अध्यादेश ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्