दल विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै ओली समूहमा खैलाबैला

शीर्ष नेताहरू बालकोटमा



न्युज अफ नेपाल, काठमाडौैं ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चासँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा खैलबैला मच्चिएको छ । अध्यक्ष ओली निकट शिर्ष नेताहरु बालकोटमा पुगेर रणनीतिक छलफलमा जुटेका छन् ।

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेपछि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आँकलन गर्दै ओली समूह आन्तरिक छलफलमा जुटेको हो ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई सहज हुने गरी अध्यादेश आउन लागेको निष्कर्षसहित ओली समूहका नेताहरु छलफलमा जुटेको एक नेताले बताए । ओली र नेपाल पक्षबीच यसअघि १० बुँदे सहमति भएपनि कार्यान्वयनमा दुवै पक्षले चासो देखाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्