एनआरएन युरोप संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेद्वारी दिने



भूपराज बस्याल, काठमाडौ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिना उम्मेद्वारी दिनु हुनेभएको छ ।

नवौं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित तिमल्सिनाले यस पटक संयोजकको उम्मेद्वारी दिने तयारी गरेको नेपाल समाचार पत्रलाई जानकारी दिनुभयो । मिलनसार र सहयोगी भावको छबि बनाउनुभएका उहाँ सबैसँग मिलेर काम गर्ने एनआरएनका नेताका रुपमा चिनिनुहुन्छ ।

सन् २००७ देखि एनआरएनमा आवद्ध बेलायत निवासी तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य ९२०१५–०१७०, संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

एनआरएनका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियन्ताहरुसँग निकट सम्बन्ध रहेका उहाँको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

प्रतिक्रिया दिनुहोस्