लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान



यमलाल भुसाल, बुटवल ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नु भएको छ । विशेष अधिवेशन अन्त्य भएको एक दिन पछि अर्थात भोलिपल्ट नियमित अधिवेशन आह्वान गरिएको हो ।

शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको थियो । भदौ १ गते मंगलवार दिउँसो १ बजे नवौं अधिवेशनको बैठक बस्ने प्रदेश सभाको सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनु भयो ।

लुम्बिनीमा चार दलीय गठबन्धनको नयाँ सरकार बनेको छ । सरकारले यहीँ अधिवेशनमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने पनि तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्