शनिबार थप २६२४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८६६७ एन्टिजेन परीक्षणमा १९४७ र ४९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै शनिबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १३२० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्