पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रबार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने २११८ जना निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्