कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं ।

कायममुकायम प्रधान सेनापति रथी श्री प्रभुराम शर्मा र भारतीय  राजदुत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्