लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त



न्युज अफ नेपाल, बुटवल ।

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

४ गठबन्धनको समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । केसी नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् ।

गठबन्धनले आज बिहान ४२ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्