पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार नौ सय सात जनाको पीसीआर र पाँच हजार सात सय ४९ जनाको एन्टिजेन गरी १६ हजार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । आज थप ३० जनाको कोरोना सङ्क्रमणँट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्