कर्मचारीमा कोरोना, मालपोत कार्यालय बन्द



पाल्पा, (नेस)  । 

पाल्पा जिल्ला मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने सेवा बन्द भएको छ । कार्यालयका मालपोत अधिकृतसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएकाले अन्य सेवाग्रहीमा समेत संक्रमण फैलिन सक्ने भन्दै एक सूचना जारी गरी कार्यालयले सेवा बन्द गरेको जनाएको हो ।

कार्यालयका निमित्त मालपोत अधिकृत झविन्द्रराज बस्यालका अनुसार साउन २६ गतेदेखि साउन ३२ सम्मका लागि कार्यालयका आन्तरिकबाहेक सवै सेवा बन्द गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने सेवा १० दिनका लागि स्थगित गरिएको थियो ।

सो कार्यालमा कार्यरत कार्यालयका ९ जना कर्मचारीमध्ये ५ जनामा कोरोना देखिएकाले सेवाग्राहीमा संक्रमण फैलिन सक्ने भएकाले २० गतेदेखि २९ गतेसम्मका लागि बन्द गरिएको हो ।प्रशासन कार्यालयले यस अवधिमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा तथा ठाडो उजुरीबाहेकका सवै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्