पछिल्लो २४ घण्टामा ३६५१ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोशालामा १०४४५ पीसीआर परीक्षण गर्दा २६०९ र ६१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो सोमबार कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्