राजा आछ गाछ जनता दिनभर भोको भाछ



au/ ag]sf] tfnufpF dgfª, @! ;fpg . d:of{ªbL gbLdf cfPsf] af9Lsf] 8’afgdf k/]sf] gf;f]+ ufpFkflnsf j8f g+ ! tfnufpF . ut c;f/ ! ut] Aff9Lsf sf/0f ufpF g} 8’afgdf k/L au/ ag]sf] 5 . clxn] oxfFsf dflg;x? lqkfnd”lgaf6 k’g{jf;sf] kvf{Odf 5g . t:jL/ M gjLg nfld5fg], /f;;

यदुप्रसाद भट्ट, काठमाडौं ।

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्थापित भएको छ । जिल्लाकै सबैभन्दा बढी क्षति भएको स्थान धारापानी, खोत्रोकोे गाउँपालिका भवन, प्रहरी चौकी, दुईवटा बैंक र तालगाउँ पूरै बगर भएको छ ।

त्रिपालको भरमा बसेका स्थानीयहरूको पुनर्वासको त कुरै छाडौं, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भने जस्तै भएको छ ।

दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री पम्फा भुसाललगायतको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल गाउँ पुग्न सकेन । आफ्नो पीडा सुनाउन पर्खेर बसेका बाढीपीडित तालबासीलाई नेताहरूको टोलीले निराश बनाइदिएको नासोँ–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताउनुभयो । स्थानीय सिंहबहादुर गुरुङ गुनासो गर्दै भन्नुहुन्छ– ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’ भन्ने नेपाली उखानको याद पो झल्झली दिलाएको छ ।’

तालबासीलाई डाँडामा बस्ती बस्ने उपयुक्त ठाउँ नहुँदा चिन्ता छ । ताल गाउँ अझै पनि मस्र्याङ्दी नदीको बाढीको डुबानमा छ । दिनभर मस्र्याङ्दी नदीको डुबानमा रहेको गाउँ हेरेर बिताइरहेको कान्छीमाया गुरुङ यसरी निराशा पोख्नुहुन्छ– ‘तालगाउँको माथि माथि हेलिकोप्टर उडिरह्यो हेर्दाहेर्दै डाँडो काट्यो तर हाम्रो समस्या बुझ्न कोही आएन ।’

स्थानीय राजन गुरुङ भन्नुहुन्छ– ‘जुन ठाउँमा जिल्लाको सबैभन्दा बढी क्षति भएको छ, बढी जनसंख्या आहात भएको छ, सो ठाउँको स्थलगत अध्ययनबिना नै गरेको अध्ययनले के सार्थकता मिल्ला र खै ?’

ताल गाउँका स्थानीय पुनर्वास कहिले होला भन्दै बस्न बाध्य भएका छन् । बगर बनेको स्थानमा बस्ती बसाल्न सुरक्षित छैन । बाढीले गाउँ नै बगर बनेपछि पुनर्वासको आशामा बस्दाबस्दै निराश हुनुपर्ने हो कि भन्ने चिन्ता लाग्ने गरेको स्थानीयवासी मोहन गुरुङ बताउनुहुन्छ ।
ताल गाउँमा पुनः बस्ती बसाउन सक्ने सम्भावना न्यून छ । यस कारणले पनि सरकारले गाउँवासीलाई अन्य कुनै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने स्थानीयवासीको माग छ । बाढी प्रभावितका लागि व्यक्तिगत तथा विभिन्न संघ संस्थामार्फत खाद्यान्न प्राप्त भए पनि सरकारबाट भने कुनै पहल नभएको उनीहरूको गुनासो छ ।

गाउँपालिका नै पूर्णरूपमा बाढीपहिरो प्रभावित भएकाले तालवासीलाई आवश्यकताअनुसारको सहयोग गर्न नसकेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँले पालिकावासीलाई दुःख परेको अवस्थामा गर्नुपर्ने जति सहयोग गर्न नसकिएको, गाउँपालिकाको प्रशासकीय भवन नै बाढीले बगाएपछि छिमेकी जिल्ला लमजुङमा अस्थायी कार्यालय राखेर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने खराब मौसमका कारण तालगाउँमा हेलिकोप्टर अवतरण गर्न नसकिएको बताउनुहुन्छ । उहाँले आवश्यकताका आधारमा सबै ठाउँमा आफूले सकेको सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्