यमलाल भुसाल, बुटवल ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफू कसैको पक्षको नभएको बताउँदै संविधानको रक्षक भएको बताउनु भएको छ । लुम्बिनीको राजनीति पेचिलो भइरहेको बेला रिर्पोट्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आईतवार बुटवलमा सम्बोधन गर्दै उहाँले संविधानतः आफू कुनै पनि राजनीतिक पार्टीको नभएको बताउनुभयो ।
‘कही दिनअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न साथीहरु म कहाँ आउनुभएको थियो, त्यतिखेर मैलै आह्वान गरिने’ प्रदेश प्रमुख शेरचनले भन्नु भयोे –‘ यो सरकारको बिषय भएकाले मुख्यमन्त्रीसँग झन्डै डेढ घन्टा छलफल गरेँको हु ।’ उहाँले अहिले अविश्वासको प्रस्ताव आएपछि संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान गरिएको बताउनु भयो । ‘
‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा वाहिर मेरो भूमिका छैन’, प्रदेश प्रमुख शेरचनले भन्नुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री भोजप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसी, रिर्पोट्स क्लबका अध्यक्ष ऋषि धमाला, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का लगायतले बोल्नु भएको छ ।
उक्त अवसरमा पत्रकारिता क्षेत्रबाट योगदान गरेको भन्दै भगवती पाण्डे र तेजेन्द्र केसीलाई सम्मान गरेको प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले बताउनु भयो । यसैगरि बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, मानवअधिकारकर्मी गोविन्द खनाल, विनोद पहाडीलाई सम्मान गरिएको थियो ।











प्रतिक्रिया