पहिचाननै नभएको ब्यक्ति लाई निधन भएको सिफारिस


सञ्जय कार्की , रौतहट  ।

पहिचाननै नगरिकन एक ब्यक्ति लाई चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ ले निधन भएको सिफारिस गरेको छ । चन्द्रपुर नगरपालिका–४ निबासी बखत बहादुरको सनाखत सहितको सिफारिस गर्न भुमी सुधार तथा मालपोत कार्यालय गौरले पत्रचार गरेपछि चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले उनको अबस्था नबुझिकनै निधन भएको सिफारिस गरेको पाइएको छ ।

यस्तै चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले वडा कार्यालयमा पेश गरेको स्रेस्ता नहेरीकनै बखत बहादुरको ०३२ साल अगाबै कालगतीले मृत्यु भएको र नीजको पत्नी, छोरा, छोरी, दाजु भाई समेत कोही नभएको सिफारिस गरेको खुलेको छ । स्रेस्तमा बखत बहादुर चौहान रहदा रहदै वडाअध्यक्ष आलेले नाम मात्र लाई आधार मानेर निधन भएको सिफारिस गरेपछि बखत बहादुर चौहानको नाती कैलाश चौहान आक्रोशित भएका छन । उहाले बखत बहादुर चौहान रहेको दाबी गरेपछि सिफारिसकर्ता वडा अध्यक्ष अमर आले यतिखेर अपठ्यारोमा परेका छन ।

भुमी सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा बखत बहादुर चौहान क्षेत्री रहेको र उहाले सोको तथ्य सहित बुझेर सिफारिस गर्नु पर्नेमा हचुवाको भरमा पहिचान नखुलाईकनै निधन भएको सिफारिस गरेर हाम्रो बंश नाश गरिरिएको भन्दै नाती कैलाश चौहान आक्रोशित भएका छन । बखत बहादुर चौहानले जिल्ला प्रशासन कार्यालय रौतहट बाट ०३५ असोज ११ गते नागरिकताको प्रमाण पत्र लिएको अभिलेखमा उल्लेख रहेको छ ।

तर तीनै बखत बहादुर चौहान क्षेत्रीकोे ०६४ साल चैत्र ४ गते निधन भएपनि वडा कार्यालयले गैरजिम्मेबार तबरले ०३२ सालम मृत्यु भएको सिफारिस गर्नु दुखद रहेको नाती कौशल चौहानले बताउनु भयो । वडाअध्यक्ष अमर आलेले भने सिफारिस लिन आउदा आफुले स्रेस्ता नहेरेको तर लालपुर्जामा बखत बहादुर मात्रै रहेकोले सोही आधारमा निधन भएको सिफारिस आफुले गरेको बताउनु भयो ।